FAQs Complain Problems

संक्षिप्त परिचय

देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदुर्गा गाउँपालिका देशकाे सुदूरपश्चिमी भुभाग अन्तरगत सुदुर पश्चिम प्रदेशकाे डडेल्धुरा जिल्लाकाे पुर्वी भागमा अवस्थीत रहेकाे छ । साविकका काेटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेकाे याे गाउँपालिकाकाे नामाकरण साविककाे नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीकाे नाम वाट गरिएकाे छ । पुर्वमा डाेटी जिल्ला पश्चिममा अमरगढी न.पा. उत्तरमा वैतडी जिल्ला तथा दक्षिणमा अमरगढी न.पा. काे वीचमा रहेकाे नवदुर्गा  गा.पा.काे जम्मा क्षेत्रफल १४१.८९ वर्ग कि.मि.तथा जनसंख्या १९९५७ रहेकाे छ । यस गाउँपालिकाकाे हाल काे अस्थायी केन्द्र साविककाे मणिलेक गा.वि.स.(हालकाे वा.नं.२) भवनमा रहेकाे मा प्रथम गाउँसभा वैठकले निर्णय गरी वा.नं. १,२,३,४र ५ काे संगमकाे रूपमा रहेकाे वान्चाेरा भन्ने ठाउँमा नवदुर्गा गा.पा. काे स्थायी सदरमुकाम कायम गरिएकाे छ । प्राय जसाे समसिताेष्ण हावापानी रहेकाे नवदुर्गा गा.पा. का वासिन्दाहरू काे प्रमुख पेशा कृषि रहेकाे छ । पर्याप्त वन जंगल र प्राकृतिक साधन श्राेतकाे धनी  यस गाउँपालिकामा नवदुर्गा मन्दिर , विजयाशैनी मन्दिर ,मष्ठा भगवती क्षेत्र , गाैडेश्वर क्षेत्र, मणिलेक मन्दिर क्षेत्र जस्ता धार्मिक पर्यटकीय स्थानहरू का अतिरित्त  विभिन्न देवल तथा ऐतिहासिक स्थलहरू पनि रहेका छन । 

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या :१९९५७ 

हाम्रो मौसम

booked.net